सेयर बजारमा दोहोरो अंकको गिरावट, ८ अर्ब ९१ करोडको कारोबार

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ को विन्दुमा कायम भएको छ ।

आज ३२७ कम्पनीको सेयर किनबेच हुँदा ८ अर्ब ९१ करोडको सेयर कारोबार भएको छ । आज ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७० करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युतको ४५ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीको ३८ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । एनआइएमबि डिबेञ्चरका इकाईधनीले ५.९१ प्रतिशतका दरले कमाएका छन् । सिटिजन्स बैंक डिबेञ्चरका इकाईधनीले पनि ५.४३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ८.९३ प्रतिशतका दरले कमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *