एनएमबि लघुवित्त वित्तीय संस्थाको आज साधारण सभा सम्पन्न भएको छ । साधारण सभा सिटी स्क्वायर प्रालि न्यूरोड, पोखरामा दिउँसो सम्पन्न भएको हो ।
सभामाले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभामा संस्थाको रजिस्टर्ड (केन्द्रीय) कार्यालय रहने ठेगानासम्बन्धी संस्थाको प्रबन्धपत्रको दफा २९१० र नियमावलीको नियम २ संशोधन गर्ने सम्बन्धि विशेष प्रस्तावसमेत पारित भएको छ।
एनएमबि लघुवित्तले अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने–गाभिने वा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गरी मूल्यांंकनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने गाभ्ने–गाभिने वा प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नेलगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्तावसमेत पारित भएको छ ।







