हिमालयन बैंकको बत्तीसपुतली शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकको बत्तीसपुतली शाखा साविक भवन/स्थानबाट स्थानान्तरण गरी बत्तीसपुतली वडा नं ९ स्थित राम मन्दिर जाने बाटोसँगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट आज बैशाख १४ गतेदेखि बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।

उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका हुन् ।

बैंकले नेपालभरि फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८४ एटिएम, ८,००० भन्दा बढी पस टर्मिनल र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *