सेयर बजारमा सामान्य बृद्धि, १० अर्ब ८७ करोडको कारोबार

काठमाडाैं। आज साताकाे पहिलाे काराेबारकाे दिन सेयर बजार सामान्य बढेकाे छ। नेप्से परिसूचक ३.५८ अंकले बढेर २६६१.६० को विन्दुमा कायम भएको छ ।

आज ३१४ कम्पनीको २ करोड ८४ लाख ३८ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ८७ कराेड रुपैयाँको सेयर कारोबार भएको छ । आज १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८६ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ५६ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युतको ५६ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । ङादी ग्रुप पावरका लगानीकर्ताले ७.६५ प्रतिशतका दरले कमाएका छन् । सािनिमा माई हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *