सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा एक लाख ९० हजार ६००रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला २ हजार रुपैयाँ कायम भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *