नेप्सेमा दुई लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। आज नेप्सेमा स्वाभिमान लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै यी कम्पनीहरुको  शेयरमूल्य समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले स्वाभिमान लघुवित्तको ५ प्रतिशत र स्वरोजगार लघुवित्तको १३.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात स्वाभिमान लघुवित्तको शेयरमूलय १ हजार ७३६ रुपैयाँ कायम भएको छ भने स्वरोजगार लघुवित्तको ८४६ रुपैयाँ ३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी दुई लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा स्वाभिमान लघुवित्तको अन्तिम मूल्य १ हजार ८२२ रुपैयाँ ८६ पैसा र स्वरोजगार लघुवित्तको ९६० रुपैयाँ २४ पैसा कायम भएको थियो। यही समायोजित मूल्यको आधारमा कम्पनीको दोस्रो बजारमा कारोबार खुल्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *