रवि लामिछानेको निवेदन संयुक्त इजलासमा पठाउने आदेश

काठमाडौं । गैरकानुनी थुनामा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ।

रविलाई रिहा गर्न माग गर्दै लामिछाने पत्नी निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलास परेको थियो । मुसलमानको इजलासले सो निवेदन संयुक्त इजलासमा पठाउन आदेश दिएको हो। आदेश भएसँगै अब उक्त निवेदनउपर सर्वोच्च अदालतको संयुक्त इजलासले सुनुवाई गर्ने छ ।

रवि लामिछानेलाई गैरकानुनी थुनामा राखेको भन्दै रविपत्नी निकिता पौडेलले आइतबार सर्वोच्चमा रविको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । हिजो उक्त रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेकोमा फुयाँलले उक्त मुद्दा नहेरेपछि रिट हेर्न नमिल्नेमा गएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *