काठमाडौं । अन्नपूर्ण केवलकार लिमिटेडले ४९ लाख ६० हजार कित्ता हकप्रद शेयर १ः०.४ को अनुपातमा निष्कासन गरेको छ।
कम्पनीको गत चैत मसान्तको सभाले प्रतिकित्ता १ सय रुपैयाँमा १ शेयर बराबर ०.४ को अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो।
यसमा आगामी ३५ दिनसम्म मात्रै खरीद आवेदन दिन सकिने कम्पनीले जनाएको छ। इच्छुक शेयरधनीहरूले हकप्रद शेयर बापतको रकम कम्पनीको बैंक खातामा जम्मा गरी सोको भर्पाई कम्पनीको रजिष्टर्ड कार्यालयमा पेश गर्नु पर्नेछ।







