काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई आज सोमबारदेखि ट्रेड टावरको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले ३ लाख ९७ हजार १६९ कित्ता सेयर वैदेशिक रोजगरमा रहेका नेपालीका लागि खुला गरेको हो ।
अंकित मूल्य १ सय रुपैयाँका दरले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।
वैशाख २२ गतेसम्म खुल्ने आवेदनमा न्यूनतम १० कित्ताका लागि दिनुपर्नेछ । कम्पनीले कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्नेछ ।
इक्रा नेपालबाट कम्पनीले बीबी माइनर रेटिङ पाइको छ ।







