होटेल सारथीले आईपीओ जारी गर्ने, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । होटेल सारथी प्रालिले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्नका लागि सिटिजन्स क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । होटेल सारथी र सिटिजन्स क्यापिटलबीच आईपीओ निष्कासन गर्ने प्रक्रियाका लागि जारी तथा निर्गमन प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतमा सारथी होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । होटेल सारथीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

आइपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ । यस होटेल २०७२ सालमा धुलिखेलमा स्थापना भएको हो । २०७६ चैत्रदेखि यो होटेल सञ्चालनमा आएको हो । यस होटलमा प्रेसिडेन्सीयल सुइट, सुइट, प्रिमियम तथा डिलक्स गरि ८० वटा कोठा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *