भैरहवामा अलपत्र परेका १५८ जना यात्रु चार्टर विमानबाट काठमाडौं ल्याइँदै

काठमाडौं । दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा आसपास अलपत्र परेका १५८ जना यात्रुहरूलाई चार्टर विमानमार्फत काठमाडौं ल्याइने भएको छ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आज साँझ ९ बजे आकस्मिक रुपमा काठमाडौं पुग्नैपर्ने यात्रुहरूलाई विमान चार्टर गरेर ल्याउन लागेको हो ।

नेपाल एयरलाइन्सको विमानमार्फत अप्ठेरोमा परेका यात्रुहरूलाई काठमाडौं लान लागिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अलपत्र यात्रुहरूको गुनासो बढेपछि सम्बन्धित प्रशासन कार्यालयलाई उद्धारका लागि निर्देशन दिइएको थियो । निर्देशन लगत्तै रुपन्देही प्रशासनले अलपत्र यात्रुहरूलाई काठमाडौं पठाउन लागेको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *