राष्ट्र बैंकको कार्यकारी निर्देशकमा तीन जनाको पदोन्नती हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा ३ जनाको पदोन्नती हुने भएको छ । ३ कार्यकारी निर्देशकको अवकाश भएपछि रिक्त पदमा ३ जनालाई पदोन्नति गर्न लागिएको हो ।

केन्द्रिय बैंकको पदपूर्ति समितिले आइतबार चेतप्रसाद उप्रेती, रोशन कुमार सिग्देल र डा. रामशरण खरेललाई कार्यकारी निर्देशकमा बढुवा गर्न लागेको हो ।

उप्रेती हाल गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागका निर्देशक हुन् । सिग्देल भने सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र खरेल बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक हुन् ।

यी तीनै जना निर्देशकहरुको बढुवा पछि विभाग तोकिने छ । तीन कार्यकारी निर्देशकहरु पिताम्बर भण्डारी, सुमन कुमार अधिकारी र मुकुन्द क्षेत्री अवकाश भएका छन् । उनीहरुको अवकाशपछि सो पद रिक्त रहेको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *