काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको १५ लाख ७४ हजार २५१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका संस्थापक सेयरधनी, अन्य जो कोही व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट १५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।
यसअघि विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले कम्पनीले यसपटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो ।
Artha Sanjal






