विदेशी मुद्रा सञ्चिति २४ खर्ब नाघ्यो, १४ महिनाको आयात धान्ने

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा विदेशी विनिमय सञ्चिति १८ प्रतिशत बढेको छ । गत फागुनसम्म विदेशी विनियमय सञ्चिति बढेर २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत असारमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति १३.१ प्रतिशत बढेर १७ अर्ब २७ करोड डलर पुगेको छ ।

आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *