केन्टद्धारा नयाँ वर्ष अफर सार्वजनिक

काठमाडाैं । सिजी इलेकट्रोनिक्स अन्तर्गत केन्ट ब्रान्डले नयाँ वर्ष २०८२ को अवसरमा सुरु गर १०० प्रतिशत शुद्ध पानीको प्रतिज्ञा सहितको नयाँ वर्ष’ अभियानको शुभारम्भ गरेको घोषणा गरेको छ।

यस अभियानले ग्राहकहरूलाई केन्ट मिनिरल वाटर प्युरिफायरमा आकर्षक अफर र विशेष उपहारहरू प्रदान गर्दै, नयाँ वर्षलाई स्वस्थ र स्वच्छ बनाउने लक्ष्य राख्दछ। केन्टका उत्पादनहरू अत्याधुनिक प्रविधिमा आधारित छन्, जसले शुद्ध पानीको आपूर्ति, ऊर्जा बचत, र दीर्घकालिक टिकाउपनको ग्यारेन्टी प्रदान गर्छ।

यस अभियान अन्तर्गत, ग्राहकहरूले केन्ट मिनिरल वाटर प्युरिफाएरमा खरिद गर्दा निःशुल्क सिजि इलेक्ट्रिक केन्टल प्राप्त गर्ने अवसर पाउनेछन्। यो विशेष अफरले ग्राहकहरूको नयाँ वर्षलाई अझ उपयोगी र स्वस्थ बनाउन योगदान पुर्याउनेछ। साथै, केन्टका वाटर प्युरिफायरहरूले अत्याधुनिक मल्टिपल प्युरिफिकेशन प्रोसेस, शून्य पानीको बर्बादी, १०० प्रतिशत शुद्ध पानी, आवश्यक मिनरल्सलाई कायम राख्ने प्रविधि, र युभि एलइडि टेक्नोलोजी जस्ता विशेषताहरू प्रदान गर्दछ, जसले पानीको गुणस्तर र प्रयोगकर्ताको स्वास्थ्यमा उच्च स्तरको सुरक्षा सुनिश्चित गर्दछ।

ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले १२ महिनाको वारेन्टी, निःशुल्क डेलिभरी, ० प्रतिशत इएमआइ र निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ। क्युआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ र ग्राहकहरूले यी अफरहरूको फाइदा उठाउन सक्छन्।

सिजी इलेकट्रोनिक्स नेपालमा घरायसी सामानहरूको एक प्रमुख वितरक हो, जसले उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। केन्ट जस्ता अन्तर्राष्ट्रिय ब्राण्डहरूको प्रतिनिधित्व गर्दै, सिजी इलेकट्रोनिक्सले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न सदैव तत्पर रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *