नेप्से ४४.६४ अंकले घट्यो, कारोबार रकम दुई अर्ब २६ करोड

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से ४४.६४ अंकले घटेर  हजार ४ सय १९ दशमलब ७१ विन्दुमा रोकिएको हो । त्यस्तै, आज २ अर्ब २६ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ भने १७६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १८७० रुपैयाँ पुगेको छ भने जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४९१.१० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *