गोर्खाज फाइनान्सको कामु सीइओमा दिपक न्यौपाने

काठमाडौं । गोर्खाज फाइनान्सको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिपक न्यौपानेले पाएका छन् ।

बुधवार बसेको कम्पनी संचालक समितिको बैठकले न्यौपानेलाई कामु सीइओको जिम्मेवारी दिइएको हो । सीइओ पदमा अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि उनलाई कामु सीइओमा नियुक्ति गरिएको कम्पनीले जनाएको छ ।

न्यौपाने कम्पनीमा तीन वर्षदेखि बरिष्ठ प्रबन्धकमा कार्यरत छन् । अर्थशास्त्रमा एमफिलसम्म अध्ययन गरेका न्यौपानेसँग विभिन्न वित्तीय संस्थामा विभागीय प्रमुख एवं लेखापरीक्षण फर्ममा गरी १० वर्ष भन्दा बढीको कार्यनुभव रहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *