पियोर इनर्जीको आईपीओ कहिलेबाट खुला हुँदैछ ?

काठमाडौं । पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले यसअघि स्थानीय लगानीकर्ताका लागि ८० करोड रुपैयाँको पुँजीबाट २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको छ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि पनि १ लाख ४४ हजार कित्ता सेयर बिक्री भएको छ।

आवेदनको समय सीमा वैशाख २ गतेसम्म हुनेछ, र यदि यो अवधिमा सेयर नबिकेमा, थप आवेदन वैशाख ११ गतेसम्म लिन सकिनेछ। न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। आवेदन प्रक्रिया सी(आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि गर्न सकिनेछ।

कम्पनीको क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले पियोर इनर्जी लिमिटेडलाई ूकेयर एनपी डबल बीू इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। गोल्यान समूहको लगानी रहेको यस कम्पनीको २० मेगावाटको सौर्य ऊर्जा परियोजनाको लागत २ अर्ब २ करोड ६० लाख रुपैयाँ रहेको छ। बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *