विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक (एफपीओ)मा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

संस्थाले हाल जारी पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ र चुक्तापूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रकमबराबरको प्रतिकित्ता रु. १०० अंकित दरका ५१ हजार २९२.५ कित्ता एफपीओ गत चैत २१ गतेदेखि जारी गरेको थियो । संस्थाले स्वःपूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न सर्वसाधारणमा एफपीओ जारी गरेको हो ।

एफपीओ निष्कासनका लागि इक्रा नेपालले संस्थालाई CARE-NP B(IS) SINGLE B ISSUER रेटिङ प्रदान गरेको छ। जसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा बढी जोखिम रहेको जनाउँछ ।

लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नेपाल एसबिआई मेर्चन्ट बैंकिङ लिमिटेड रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *