राप्रपाको प्रदर्शनमा संयुक्त जनआन्दोलन समितिको समर्थन (विज्ञप्तिसहित)

काठमाडौँ। यही चैत २६ गते राष्ट्रिय प्रजातन्त्री पार्टीले आह्वान गरेको काठमाडौँ केन्द्रित आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ।

अवस्था बदल्न व्यवस्था बदलौं भन्ने मूल नाराका साथ नवीन राजनीतिक समझदारीका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा २०८१ चैत्र २६ गते काठमाडौं, भृकुटी मण्डपमा सम्पन्न हुने प्रदर्शन तथा बृहत आमसभाप्रति संयुक्त जनआन्दोलन समितिको साथ समर्थन रहको समितिका संयोजक जगमान गुरुङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

उक्त कार्यक्रममा राष्ट्रिय झण्डा सहित शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाउन सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा आह्वान गरिएको विज्ञप्तिमा जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *