एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा अतिथि रिसोर्ट एन्ड स्पामा १५ प्रतिशतसम्म छुट

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र पोखरा लेकसाइडस्थित चारतारे स्तरको अतिथि रिसोर्ट एन्ड स्पाबीच एससीटी–यूपीआई कार्ड प्रयोगकर्तालाई विशेष छुट दिने सम्झौता भएको छ ।

एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताले यस्तो छुट पाउन आफ्नो एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । ग्राहकले त्यसरी एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्दा फुड, बेभरेज र स्पा बिलमा १० प्रतिशत छुट तथा कोठा महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन् ।

कोठा महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।

एससीटीले हाल २१ बैंक तथा वित्तीय संस्था र १ सयभन्दा बढी सहकारी संस्थामार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *