कुलमान राजनीतिमा आउने संकेत: कुनै पनि जिम्मेवारी लिन तयार छु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेपछि कुलमान घिसिङले पहिलोपटक शुक्रबार आफ्ना धारणा सार्वजनिक गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफ्नो कार्यकालमा भएका काम र सरकारले आफूलाई पदबाट हटाउन लगाएका आरोपबारे बताए ।

सँगैसँगै घिसिङले राजनीतिमा आउनसक्ने केही संकेत गरेका छन् । ‘जनताले अहिले धेरै रुचाएको पात्रमध्ये तपाईं पनि पर्नुहुन्छ । तपाईंलाई जनताले कहिले राजनीतिमा देख्न पाउँछन् ?,’ घिसिङलाई सञ्चारकर्मीको प्रश्न थियो ।

उनले भनेका छन्, ‘एउटा जिम्मेवार नागरिकको हैसियतबाट कुनै पनि जिम्मेवारी लिन म तयार छु ।’

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *