विश्व बैंक प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने विश्व बैंकले प्रक्षेपण छ । जुन गत आर्थिक वर्षको वृद्धि दर ३.९ प्रतिशतको तुलनामा बढी हो । विश्व बैंकद्वारा आज बिहीबार सार्वजनिक गरेको नेपाल विकास प्रतिवेदन अनुसार, नेपालको आर्थिक वृद्धि मुख्यतः आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादनको वृद्धिबाट निर्धारित हुनेछ ।

प्रतिवेदनले आगामी २ आर्थिक वर्षमा नेपालको अर्थतन्त्रले औसत ५.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ । जसमा सेवा क्षेत्रको प्रभाव उल्लेख्य रहनेछ । नेपालले आवश्यक रोजगारी सिर्जना गर्न निजी क्षेत्रले अगुवाइ गरेको आर्थिक वृद्धिलाई बढावा दिनु अत्यावश्यक रहेको विश्व बैंकका माल्दिभ्स, नेपाल, र श्रीलंकाका लागि राष्ट्रिय विभागीय निर्देशक डेभिड सिसलेनले बताएका छन् ।

यसले नेपालको वित्तीय क्षेत्रमा ऋणको गुणस्तरमा थप गिरावट आउन सक्ने सम्भावनाका साथै सरकारले बारम्बार कर्मचारीहरुको सरुवा गर्ने कारण उत्पन्न हुने नीतिगत असंगतिको जोखिम तथा पुँजीगत बजेट कार्यान्वयनमा हुने ढिलाइका सम्बन्धमा पनि उल्लेख गरेको छ ।

राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारीले नेपाल डेभलपमेन्ट अपडेटले पछिल्ला आर्थिक विकासबारे महत्वपूर्ण अन्तरदृष्टि प्रदान गर्नुका साथै नेपालको उत्थानशील आर्थिक वृद्धिलाई प्रकाश पार्ने बताएका छन् ।

नेपालको १६औं योजना लक्ष्यहरु हासिल गर्न आर्थिक वृद्धिलाई थप मजबुत बनाउनुपर्ने भएकाले प्रभावकारी पुँजीगत बजेट कार्यान्वयन एवं चालु परियोजनाहरु समयमै सम्पन्न गर्न आवश्यक रहेको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *