बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर १९ सय ९५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य तोलाको २ हजार २० रुपैयाँ रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *