नागरिक लगानी कोष र सभापोखरी हाइड्रोबीच सेयर प्रत्याभूति गर्ने सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।

बुधबार भएको सम्झौतामा कोषका नि. कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गरेका हुन् ।

सभापोखरी हाइड्रोले प्रति सेयर एक सय रुपैयाँका दरले १० लाख ७५ हजार कित्ता बापतको १० करोड ७५ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषले उक्त सेयरको प्रत्याभूति गर्ने भएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *