उन्नती सहकार्य लघुवित्तले ३२ प्रतिशत लाभांश दिने

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई अधिकतम ३२ प्रतिशत लाभांश दिने भएको छ । बिहीबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सञ्चित चुक्ता पुँजीबाट अधिकतम ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल लघुवित्तको चुक्ता पुँजी १७ करोड ६१ लाख ६९ हजार ७०६ रुपैयाँ ३८ पैसा रहेको छ । यसको ३२ प्रतिशतले हुन आउने ५ करोड ६३ लाख ७४ हजार ३०६ रुपैयाँ ०४ पैसा लाभांशको रुपमा वितरण गर्ने लघुवित्तले जनाएको छ ।

यद्यपि, उक्त लाभांश भने नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि कम्पनीको अगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरूमा वितरण हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *