चिरख्वा हाइड्रोपावरको साधारण सभा आज बस्दै, शेयरधनीको हात खाली

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज बस्दैछ । सभा कुन्डलिनी रोयल्स, जोरपाटी, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । टार  यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव नगरेकाले शेयरधनीको हात यो बर्ष पानी खाली हुनेछ ।

आज संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने ५ जना सञ्चालको निर्वाचन हुनेछ । सभा प्रयोजनका लागि यसले चैत १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ,  चैत ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *