सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपैयाँले घट्यो

काठमाडौं । सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपैयाँले घटेको छ । सिमेन्ट उद्योगमा हुँदै आएको लोडसेडिङ घटेसँगै उद्योगीहरूले सिमेन्टको मूल्य घटाउन थालेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

यसअघि, उद्योगीहरूले विद्युत् अभावका कारण सिमेन्टको मूल्य बढाएको बताएका थिए। तर, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यको नियुक्तिपछि लोडसेडिङको समस्या कम भएको र यसको प्रभाव सिमेन्ट उद्योगमा पनि परेको उद्योगीहरूले बताएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *