नेपाल इन्स्योरेन्सको साधारणसभा भोलि, कहिलेसम्म सेयर किन्नले पाउँछन् लाभांश ?

काठमाडाैं। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी चैत १९ गते, मंगलबार, ७६ औं वार्षिक साधारणसभा आयोजना गर्न लागेको छ। सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

यस वर्षको सभाले १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन समेत छलफल गरी पारित गरिनेछ।

कम्पनीले २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र संस्थागत सामाजिक उत्तरदायित्वका खर्चलाई अनुमोदन गर्ने पनि प्रस्ताव गर्नेछ।

साधारणसभा र लाभांश वितरणका लागि कम्पनीले चैत ७ गते बुकक्लोज गरेको थियो । जसका आधारमा चैत ६ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरूले सभा र लाभांशमा सहभागिता जनाउन सक्नेछन्।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *