काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफू लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने लाछी मान्छे नभएको बताएका छन् ।
सोमबार रास्वपाको पार्टी कार्यालयमा आयोजित केन्द्रीय समिति बैठकअघि सम्बोधन गर्दै उनले जनताको आक्रोशलाई सरकारले नजरअन्दाज गर्ने काम गरेको बताए ।
‘म लड्छु, जुनसुकै शक्तिसँग लड्छु । तर, यो लुटतन्त्र टुलुटुलु हेरेर बस्ने लाछी मान्छेचाहिँ होइन’, उनले सरकारले आफूविरुद्ध षड्यन्त्र गरेको दाबी गर्दै भने, ‘अझै गर षड्यन्त्र गर । जे हुन्छ होस् थप लगाउँदा पनि हुन्छ मुद्दा । तर, सरकारले जनताको आक्रोशलाई नजरअन्दाज गर्ने काम गरेको छ । जनतामा ठुलो आक्रोश आएको छ । त्यसलाई चिर्नुपर्ने र बदल्नुपर्ने थियो तर हुन सकेको छैन ।’
Artha Sanjal






