प्रभु इन्स्योरेन्स कम्पनीले २६औं वार्षिक साधारण सभा चैत ३० गते बुधवार गर्ने भएको छ । सभा दिनको ११ बजे प्रभु कप्लेक्स तिन कुनेमा हुने जानकारी दिएको हो ।
सभाले ११ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका चैत १७ गते देखि ३० गते सम्म बन्द गर्ने जानकारी दिएको छ । यस आधारमा चैत १६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।