६० लाख धरौटी माग्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूसँग धरौटी माग्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

उक्त आदेश चित्त नबुझेको र बदर हुनुपर्ने माग राखी लामिछानेले निवेदन दर्ता गराएका हुन् ।

यही कसुरमा उच्च सरकारी वकिलको कार्यालय पाटनले पनि लामिछानेसहित सहकारीकी सदस्य सुनिता नेवा, कमल लामा र छविलाल जोशीलाई थुनामै राख्न माग राखेर निवेदन दर्ता गरिसकेको छ ।

जिल्ला अदालतले छविलालसँग ५० लाख रुपैयाँ, सुनितासँग ४ लाख रुपैयाँ र कमलसँग ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

लामिछानेले कास्की र रूपन्देही जिल्ला अदालतकाे आदेशविरुद्ध यसअघि नै पुनरावेदन निवेदन दर्ता गराइसकेका छन् । कास्की अदालतले ६५ लाख र रूपन्देही अदालतले १ करोड धरौटी माग गरेको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *