अनएसेम्बल मोटरसाइकलको आयात ८८ प्रतिशतले बढ्यो

काठमाडौं। चालु वर्षको पहिलो आठ महिनामा अनएसेम्बल (फिट नगरिएको) मोटरसाइकलको आयातमा उल्लेख्य वृद्धि भएको छ। भन्सार विभागको तथ्यांक अनुसार, परिमाणात्मक रूपमा ८८.९३ प्रतिशत र आयात मूल्यको हिसाबले ८७.१५ प्रतिशतले आयात बढेको छ।

भन्सार बिन्दुमा उठ्ने राजस्व पनि ८९.५३ प्रतिशतले बढेको छ। चालु वर्षको साउनदेखि फागुनसम्मको अवधिमा १० अर्ब ७८ करोड लागतका ८३,९२७ वटा अनएसेम्बल मोटरसाइकल आयात भएका छन्।

गत वर्षको समान अवधिमा ५ अर्ब ७६ करोड लागतका ४४,४२७ वटा यस्ता मोटरसाइकल आयात भएका थिए। भन्सार बिन्दुमा १० अर्ब ५ करोड रूपैयाँको राजस्व उठेको छ। जुन गत वर्ष ५ अर्ब ३० करोड थियो।

 

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *