एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडाैं । एनएमबि बैंक लिमिटेडले १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *