महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरित

महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका–५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ ।

शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन संयुक्त रुपमा यस बैंकका सञ्चालक राहुल अग्रवाल र पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल गरेका छन् । शाखा उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा उपस्थितहरुलाई बैंकका सञ्चालक राहुल अग्रवालले कृतज्ञता ज्ञापन गरेका थिए ।

कार्यक्रममा बैंकका वरिष्ठ प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले बैंकले गर्दै आएको विभिन्न गतिविधिहरुबारे प्रकाश पारे। उनले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस शाखाबाट ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कजा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रुपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कृष्णबहादुर गुरुङले जनाएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *