काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ४९ हजार ९८०.९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । जसमा २ लाख ५१ हजार ९५२.११ कित्ता सेयरमा बैंकका संस्थापक सेयरधनी र अन्य इच्छुक व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।
यसमा आज (चैत १ गते) बाट १५ दिन भित्र यस विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्ने कम्पनीले जनाएको छ।







