स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार यसमा १९ हजार ५७७ जनाले गोलाप्रथामार्फत सेयर पाएका छन् ।
जसमध्ये ३ जनाले ११ कित्ता र १९ हजार ५७४ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । यसमा १७ लाख ८० हजार ४५७ जनाले कुल २ करोड १७ लाख १५ हजार ७५० कित्ताको लागि आवेदन दिएका थिए । जसमा २ हजार ६६४ जना आवेदकको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका १७ लाख ७७ हजार ७९३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।
 कम्पनीले फागुन १८ गतेदेखि २१ गतेसम्म १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरिएको थियो ।
 एफपीओको नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र स्वरोजगार लघुवित्तको वेबसाइटबाट हेर्न सकिन्छ । साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट र मेरो सेयर एकाउन्टबाट पनि नतिजा हेर्न सकिन्छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *