भारत भ्रमणका क्रममा मन्त्री आरजु देउवाको बैद्यनाथ धाम दर्शन

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाले बुधबार भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाअर्चना गरेकी छन्। रायसिना डाइलगमा सहभागी हुन भारततर्फ प्रस्थान गरेकी परराष्ट्रमन्त्री राणाले झारखण्डस्थित बाबा वैद्यनाथ धामको पूजाअर्चना गरेकी हुन्।

मन्त्री राणाले सामाजिक सञ्जालमा उल्लेख गरेअनुसार उनले बाबा बैद्यनाथ धामका साथै त्यहाँ स्थित बासुकीनाथ मन्दिरमा पनि पूजाअर्चना गरेकी हुन्। उनले मन्दिर व्यवस्थापन समिति र मन्दिरका मूल पुजारीलगायतमा धन्यवादसमेत व्यक्त गरेकी छन्।

मन्त्री राणाले भारत भ्रमणमा छँदा रायसिना डाइलगमा वक्तव्य दिने कार्यक्रम पनि छ। उनले मौका मिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा हुने सगरमाथा संवादका लागि निम्तोसमेत गर्ने बुझिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *