काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज फागुन २८ गते बुधबार अन्तिम दिन रहेको छ।
साल्ट ट्रेडिङ कर्पोरेसनले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत ११ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि यस कम्पनीले चैत १ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
Artha Sanjal






