नेटालाई ‘इन्डोनेसिया अन्तर्राष्ट्रिय मोटर शो’मा ३२८ बुकिङ प्राप्त

इण्डोनेसिया । पिटी नेटा अटो इन्डोनेसियाले २०२५ को इन्डोनेसिया अन्तर्राष्ट्रिय मोटर शो (IIMS)मा आफ्नो पहिलो सफल सहभागिता जनाएको छ । फेब्रुअरी १३-२३ सम्म जकार्ताको जेआई एक्सपो केमायोरनमा आयोजना गरिएको शोमा नेटा भि र नेटा एक्सको ३२८ बुकिङ प्राप्त भएको छ ।

पिटी नेटा अटो इन्डोनेसियाका प्रबन्ध निर्देशक क्रिस लानले भने, ‘यो उपलब्धीले इण्डोनेसियाली ग्राहकहरूको विश्वासलाई दर्शाउँछ र उच्च गुणस्तरीय, किफायती विद्युतीय सवारीहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई थप बलियो बनाउँछ।’

इन्डोनेसिया अन्तर्राष्ट्रिय मोटर शो २०२५ मा नेटाले नेटा भि-२ शहरी खेल अवधारणा प्रस्तुत गर्दै निःशुल्क वाल चार्जर, विशेष बीमा र लाइफटाइम वारेन्टी जस्ता आकर्षक अफरहरू प्रदान गरेकाे छ ।

साथै, नेटाले आफ्नो स्टलमा विशेष रूपमा उपभोक्ताहरूलाई आमन्त्रित गर्दै अन्तरक्रिया बढाएकाे छ । लानले भने, ‘इण्डोनेसिया विश्वका ठूला इभी बजार मध्ये एक बन्ने सम्भावना राख्दछ। नेटाले यस रूपान्तरणलाई समर्थन गर्दै बिक्री पछिको सेवा सञ्जाल विस्तारमा केन्द्रित रहनेछ।’

यसैबीच, नेपालमा नेटाको आधिकारिक वितरक सीजी मोटर्सले १,००० भन्दा बढी नेटा भि र नेटा एक्स सवारी बिक्री गरिसकेको छ । जुन नेपालकै सबैभन्दा ठूलो इभी नेटवर्कसँग समर्थन गरिएको छ । यसमा २२ बिक्री तथा सेवा केन्द्रहरू र २५०+ चार्जिङ स्टेशनहरू समावेश छन् । सीजी मोटर्स र नेटा ब्रान्डप्रति बढ्दो विश्वासले नेपालमा इभी बजारमा नयाँ उपलब्धि हासिल गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *