कुलमानलाई हटाउन खोजेकोमा गगन थापाको असन्तुष्टि: नचाहिने काममा नलाग्न सुझाव

सिन्धुली । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ऊर्जामन्त्री दीपक खड्कालाई नचाहिने काममा नलाग्न सुझाव दिएका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति इंगित गर्दै थापाले अहिले सरकार नै एउटा व्यक्तिको पछि लागेको जस्तो देखिएको टिप्पणी गरेका हुन् ।

सिन्धुलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘अहिले हामी सुनिरहेका छौँ, ऊर्जा मन्त्रालयको । मन्त्रालय अन्तर्गत विद्युत् प्राधिकरण छ । मैले बुझ्न सकेको छैन, बदनियत हो कि ढंग नपुगेको हो । तीन-चार महिनामा सेवा निवृत्त हुने, सेवा निवृत्त भइसकेपछि एउटा उपयुक्त मान्छे ल्याउने, त्यो संस्थाको नेतृत्व गर्न दिने, सरकार नै एउटा व्यक्ति (कुलमान घिसिङ) को पछि लागेको देखिन्छ, किचकिच गरिरहेको देखिन्छ,’ महामन्त्री थापाले भने, `यस्तो कुरा ठिक होइन, उपयुक्त हुँदैनन्। यस्ता नचाहिँदा काममा कोहि मन्त्री पनि लाग्न हुन्न, मन्त्रीहरु नचाहिँदा काममा लागे रोक्ने काम प्रधानमन्त्रीको हो। प्रधानमन्त्री भनेको सरकार र क्याबिनेटको मास्टर भएको उनको भनाई थियो ।

उनले कि राम्रो काम गर्न र राम्रो गर्न नसके भने नराम्रो काम नगर्न सुझाव दिए । ‘५० वटा राम्रो काम गरे पनि एउटा मात्र नराम्रो काम गरियो भने त्यो एउटा कामको हल्लाले सबै राम्रो काम छोपिन्छ । प्रधानमन्त्रीले राम्रो कामको श्रेय पनि पाउँछ, नराम्रो कामको अपजस पनि लिनुपर्छ । हामीहरू सहयोगी हौँ । सबैको कुरा एउटै छ, सरकारले राम्रो काम गरोस्, सफल होस् । प्रदेशको सरकारको सन्दर्भमा पनि त्यही हो।’ उनले भने ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *