सार्वजनिक सवारी साधनको भाडा वृद्धि

श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णयले सार्वजनिक सवारी साधनहरुको भाडा वृद्धि गरेको छ ।

वृद्धि भएको नया भाडादर बैशाख १ गतेदेखि लागू हुने मन्त्रालयले जनाएको छ । उपत्यका सहित वागमति प्रदेशमा सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।

बैशाख १ गतेदेखि तोकिएको नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

वागतमी प्रदेशमा चल्ने सवारी साधनमा ट्याक्सी भाडादर प्रति २०० मिटरको १० रुपैयाँ बनाइएको छ भने वेटिंग चार्ज प्रतिमिनेट १.२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने ब्यबास्था समेत गरिएको मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *