जोन्टा कल्ब अफ काठमाडौंको वार्षिक साधारणसभा सम्पन्न

जोन्टा कल्ब अफ काठमाडौंको नौं बार्षिक साधारणसभा ठमेलको अलोफ्ट होटलमा सम्पन्न भएको छ । जोन्टा कल्ब विश्वका ६७ देशमा फैलिएको गैर नाफा मुलुक सस्था हो । नेपालमा बिगत नौ बर्ष देखि स्वाथ्य, शिक्षा, मानवअधिकार, समानता र आर्थिक सशक्तीकरण, बाल बिवाह, मानव बेचबिखन, लैङ्गिक हिंसा र विभेद लगाएत बिभिन्न क्षेत्रमा काम गरिरहेको जोन्टा कल्ब अफ काठमाण्डौले जनाएको छ।

कार्यक्रममा उक्त  क्लबको निवर्तमान प्रेसिडेन्ट सिमा गोल्छाले आफ्नो दुई वर्षे कार्यकाल समापन भएर नयाँ प्रेसिडेन्ट चयन गर्दै आभा  शाहलाई कार्यभार हस्तान्तरण गरे । उनले आफ्ना कार्यकालमा भएका कार्यहरु र नविनतम पहलहरुका बारेमा जानकारी गराउनु भएको थियो । कोरोनाको कहरमा पुरा विश्व  नै ठप्प  भएको बेलामा पनि दृढ़ संकल्प र अटुट साहसका साथ उनले  जोन्टा कल्ब अफ काठमामौंले गरेका  उदाहरणिय कार्यहरुको बारेमा जानकारी गराए ।

सो समारोहमा नव निर्वाचित आभा  शाहले आफूले  मन, वचन र कर्मले जोन्टाको सेवा गर्ने र साथै  नेपाली महिलाहरुका  हक हित, अधिकार, शिक्षा, रोजगार र  आर्थिक सशक्तिकरणमा जोडदार रूपमा कटिबद्ध भएर लाग्ने  प्रण गरे । उक्त कार्यक्रममा  भाइस एरिया डाइरेक्टर मिरा ज्योती, भाइस प्रेसिडेन्ट कमल केशरी  तुलाधर, टेर्जरर  मृदुला राजभण्डारी, तथा  भुतपूर्व प्रेसिडेन्टहरू र व्यवस्थापक समितिका सदस्यहरुले जोन्टा कल्बले गरिरहेको कामको चर्चा र गर्नु पर्ने कार्यको बारेमा सुझाव र धारणा राखे ।

साथै कार्यक्रममा ६ जना नव प्रवेशीहरु पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, निशा केसी, सितु प्रधान, स्वस्तिका खनाल, निसि टिब्रेवाल खेतान र गौरी ठकुरीलाई  सदस्यता प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *