एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गतेदेखि निष्कासन गरेको १० वर्षे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

वार्षिक ७ दशमलव ५० प्रतिशत ब्याजदरको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ मा आज (फागुन २३ गते) बैंकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। सोमध्येबाट १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँड हुनेछ। सर्वसाधारणमा बाँडफाँड हुने ऋणपत्रमध्येबाट पनि ६० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ।

यो ऋणपत्रमा आवेदन दिँदा घटीमा २५ कित्ताका लागि दिनुपर्नेछ भने बढीमा १२ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यस ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरेर भुक्तानी गरिनेछ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्मित सफ्टवेय ‘मेरो शेयर’ अनलाईन प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *