६ दिनअघि बनाएर ल्याएको निगमको जहाज फेरि बिग्रियो

काठमाडौं। काठमाडौंबाट १ सय ४९ यात्रु बोकेर दुबईका लागि बुधबार राति उडेको नेपाल वायुसेवा निगमको न्यरोबडी भैरहवामा बिग्रिएपछि ग्राउन्डेड भएको छ ।

यो जहाज ६ दिनअघि चीनबाट ६ करोड ६८ लाख रुपैयाँ खर्च गरेर फाइभ–सि–चेक (मर्मत) गरेर ल्याइएको नेपाल वायुसेवा निगमको सगरमाथा न्यरोबडी जहाज हो ।

विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार राति साढे १० बजे उडेर भैरहवामा सवा ११ बजे अवतरण गरेको थियो। त्यहाँबाट दुबई जाने यात्रु थपेर यस्ले दुबई उड्नुपर्ने तालिका थियो ।

तर, जहाजमा इन्जिनको गति तीव्र हुने समस्या (ओभर स्पिड प्रोटेक्सन) देखिएपछि चालकदल र जहाजमा भएका इन्जिनियरले यो विमानलाई मर्मत गरेरमात्रै उडाउने भन्दै राति १ बजे ग्राउन्डेड गरेका थिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *