नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट शुक्रबार हुने, करिब १७ लाख आवेदक हात खाली

काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सको आईपीओ आज बिहीबार (फागुन २२ गते) बाँडफाँट नहुने भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार अब नेपाल माइक्रोको आइपीओ शुक्रबार (फागुन २३ गते) बिहान ८.३० बजे बाँडफाँट हुनेछ ।यसअघि क्यापिटलले बिहीबार बिहान ८.३० बजे आफ्नै कार्यालय लाजिम्पाट काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने तयारी गरेको थियो ।

तर बलेफी हाइड्रोपावरको लिलामी सेयरको बोलपत्र खोल्ने समय पनि बिहीबार बिहान ८ बजे परेपछि आइपीओ बाँडफाँटको कार्यक्रम स्थगित गरिएको एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ ।

नेपाल माइक्रोको फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता आइपीओ बिक्री गरेको थियो । उक्त आइपीओमा अन्तिम दिनसम्ममा १९ लाख ९७७ जनाले कुल २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका थिए । तसर्थ, यसमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । अब शुक्रबार आइपीओ बाँडफाँट भएपछि नतिजा सार्वजनिक हुनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *