काठमाडौं । आज पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ को विन्दुमा पुगेकाे छ ।
आज ३०८ कम्पनीको सेयर किनबेच हुँदा १० अर्ब ९७ करोडमाथिको सेयर कारोबार भएको छ । आज ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको सेयर मूल्य घटेको छ । आज ८ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ९६ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ९० करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सगरमाथा जलविद्युतको ३० करोड ७९ लाखको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।







