काठमाडौं । आज शेयर बजार घटेको छ । नेप्से परिसूचक ९.२४ अंकले घटेर २७७७.१० को विन्दुमा बन्द भएको छ ।
आज ३४२ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ८५ करोड माथिको शेयर कारोबार भएको छ । आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १६ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाहस ऊर्जाको १४ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.२३ प्रतिशतका दरले कमाएका छन् । कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । त्रिशुली जलविद्युतका लगानीकर्ताले ५.८६ प्रतिशतका दरले कमाएका छन् । सिर्जनशील लघुवित्तका लगानीकर्ताले ५.६५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ३.६० प्रतिशतका दरले गुमाएका हुन् ।






