रक्सिराङ्गमा चिपाङ्ग समुदाय नेटवर्क हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाडाैं। नेपाल इन्टरनेट फाउण्डेशनको अगुवाइमा र इन्टरनेट सोसाइटीको सहयोगमा स्थानीय सरोकारवालाहरूसँगको सहकार्यमा चिपाङ्ग समुदाय नेटवर्क हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

रक्सिराङ्ग गाउँपालिका वडा नं. ५ (चैनपुर) र वडा नं. ६ (सिलिङ्गे) मा आयोजना गरिएको कार्यक्रममा समुदायलाई औपचारिक रूपमा नेटवर्क हस्तान्तरण गरियो, जसले स्थानीय स्वामित्वको सुनिश्चितता गर्दै डिजिटल सशक्तिकरणलाई प्रवर्द्धन गर्नेछ।

समुदायलाई नेटवर्क गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष बनस्तम थिङ लाई अध्यक्ष विक्रम श्रेष्ठद्वारा चेपाङ सामुदायिक सञ्जाल हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष हरि बहादुर प्रजा, वडा नं. ६ का अध्यक्ष आकल बहादुर मुक्तान, श्री राष्ट्रिय माध्यमिक विधालय‚ सिलिगें‚ काँकडा र श्री प्रजा जागृति माध्यमिक विधालय‚ चैनपुर‚ मकवानपुरका प्रधानाध्यापकहरू , स्थानीय नेताहरू, तथा समुदायका अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *