काठमाडौं । लक्ष्मी सनराइज बैंकले १० लाख २४ हजार ६८५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
यो सेयरमा हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको हात्तीसारस्थित बैंकको मुख्य कार्यालयमा दिनुपर्नेछ।
तोकिएको मितिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।







